Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • इजरायल र हमासबीच पुनः वार्ता आजदेखि

    इजरायल र हमासबीच पुनः वार्ता आजदेखि

    अनलाइन नेपाल
  • आइतबार, ४ चैत्र २०८०
  • 456
    SHARES

    फाइल तस्विर

    एजेन्सी । इजरायल र प्यालेस्टिन बिद्रोही समूह हमासबीच पुनः आजदेखि वार्ता हुने भएको छ ।

    कतारमा झण्डै एक महिना चलेको वार्तामा निष्कर्ष ननिस्किएपछि रोकिएको वार्ता आजदेखि पुनः शुरु हुन लागेको हो ।



    मुसलमानहरूको पवित्र महिना रमदानको शुरुवातपछि पहिलो पटक इजरायली अधिकारी र हमासका नेताहरू वार्ता गर्न लागेका हुन् ।



    रमदान शुरु हुनुअघि नै ६ हप्ताको लागि युद्धविराम गर्ने तयारी गरेको भए पनि हमासले गाजामा स्थायी युद्धबिराम नहुने कुनै पनि सम्झौता नमान्ने बताएपछि सहमति भएको थिएन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार