Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सुन तस्करी प्रकरण : उच्च तहका नेता, प्रशासक र प्रहरीमाथि गम्भीर छानविन सुरु

    सुन तस्करी प्रकरण : उच्च तहका नेता, प्रशासक र प्रहरीमाथि गम्भीर छानविन सुरु

    अनलाइन नेपाल
  • सोमबार, ५ चैत्र २०८०
  • 2.2K
    SHARES

    काठमाडौं । सरकारले विगतका विभिन्न समयमा भएका ठूला ठुला सुन तस्करीमा संलग्नहरूमाथि पुन छानबिन गर्ने निर्णय गरेको छ।

    उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करीको जाँचबुझ गर्न गठित आयोगले गरेको सिफारिस कडाइसाथ कार्यान्वयन गर्न नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर, गृहसचिव एकनारायण अर्याल र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई निर्देशन गरेलगत्तै सुन तस्करी प्रकरणको छानबिन नयाँ किसिमले थालिएको हो।



    अवैध सुन तस्करी (पैठारी) सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनले सुन तस्करीमा संलग्नता औंल्याएका उच्च तहका नेता र कर्मचारीमाथि छानबिन गर्न गृहमन्त्रालयले निर्देशन दिलगत्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गम्भीर छानबिन शुरू गरेको छ।



    सो प्रकरणमा पूर्व मन्त्रीसमेत रहेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, अध्यागमन विभागका तत्कालीन महानिर्देशक तथा सहसचिव झलकराम अधिकारी, पूर्व उपराष्ट्रपतिका छोरा दिपेश पुनलगायत दुई दर्जन बढी व्यक्तिमाथि मुद्दा चलाउन सिफारिस गरेको छ।

    सो सिफारिसअनुसार महरा, अधिकारी, पुनलगायत दुई दर्जनमाथि नयाँ ढंगले अनुसन्धान थालिएको हो। सीआईबीको यसअघिको अनुसन्धानमा उनीहरूलाई जोगाएको दाबी आयोगको छ ।

    आयोगले प्रहरीका केही पूर्व महानिरीक्षकहरूलाई पनि छानबिनको दायरामा ल्याउन सिफारिस गरेअनुसार उनीहरू पनि सरकारको निगरानीमा परेका छन् । नेपाल समाचारपत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार