Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • गृहमन्त्री लामिछानेलाई सांसद न्यौपानेको प्रश्न – सदन अवरुद्ध भइरहँदा सत्ता कसरी चल्छ ?

    गृहमन्त्री लामिछानेलाई सांसद न्यौपानेको प्रश्न – सदन अवरुद्ध भइरहँदा सत्ता कसरी चल्छ ?

    अनलाइन नेपाल
  • बुधबार, ७ चैत्र २०८०
  • 420
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सदन अवरुद्ध भइरहँदा सत्ता कसरी चल्छ भनी प्रश्न गरेकी छन् ।

    मंगलबारको प्रतिनिधि सभाको बैठक पछाडि गृहमन्त्री लामिछानेले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले चार वर्ष सदन अवरुद्ध गरे पनि सत्ता हाँकिरहने बताएका थिए ।



    लामिछानेको सोही अभिव्यक्तिमाथि बुधबारको प्रतिनिधिसभाको बैठकमा सांसद न्यौपानेले प्रश्न उठाएकी हुन् । प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले आफ्ना कुरा राख्न कांग्रेसकी सांसद न्यौपानेलाई समय दिए ।  न्यौपानेले गृहमन्त्री लामिछानेले गैरजिम्मेवारी अभिव्यक्ति दिएको बताइन् ।



    सांसद न्यौपानेले भनिन्, ‘‘हामीलाई च्यालेन्ज गर्नुभयो सरकारका गृहमन्त्रीले । चार वर्ष सदन अवरुद्ध गरोस् हामी सत्ता हाकिरहन्छौं भन्नुभयो। कसरी चल्छ सत्ता ? कसरी चल्छ सत्ता-प्रतिपक्षले संसद बन्द गर्दा सत्ता चल्छ ? त्यो कदापि हुन सक्दैन ।’

    अरु बेला नभएता पनि बजेटका लागि त सदन चाहिन्छ होला नि भन्ने पनि उनको प्रश्न छ ।

    आफूलाई सहकारीको रकम हिनामिनामा संलग्न भएको भनी आरोप लगाउँदै कांग्रेसले संसदीय छानबिन समिति कै माग गरेपछि गृहमन्त्री लामिछानेले कांग्रेस पनि दुधले नुहाएको पार्टी नभएको प्रतिक्रिया दिएका थिए ।

    गृहमन्त्री लामिछानेको यही अभिव्यक्तिमाथि कांग्रेसले बुधबार संसदमा प्रश्न उठाएको हो । साथै, कांग्रेस सांसद न्यौपानेले संसदीय छानबिनबाट नभाग्न पनि गृहमन्त्री लामिछानेलाई आग्रह गरेकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार