Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • डढेलोमा परेर बाबु-छोरीको मृत्यु, ४५ वटा बाख्रासमेत मरे

    डढेलोमा परेर बाबु-छोरीको मृत्यु, ४५ वटा बाख्रासमेत मरे

    अनलाइन नेपाल
  • बिहिबार, ८ चैत्र २०८०
  • 831
    SHARES

    फाइल फोटो

    कालीकोट । कालीकोटको खाडाचक्र-५ ढाडगाउँको वनमा लागेको डढेलोमा परेर बाबु छोरीको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार स्थानीय नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा परेर गम्भीर घाइते भएका ५० वर्षीय नन्दराम चौलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्तीको मृत्यु भएको हो ।



    चैत २ गते बाख्रा चराउन गएको बेला वनमा लागेको डढेलोमा परेर बाबुछोरी गम्भीर घाइते भएका थिए । उनीहरूको उपचारका क्रममा ज्यान गएको हो ।



    छोरीको चैत ४ गते र बुवाको बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ । डढेलोमा जलेर ४५ वटा बाख्रासमेत मरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार