Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ग्रीस पठाइदिन्छु भन्दै ६९ लाख ठग्ने दुई जना पक्राउ

    ग्रीस पठाइदिन्छु भन्दै ६९ लाख ठग्ने दुई जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ८ चैत्र २०८०
  • 261
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रहरीले ग्रीस पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

    ग्रीस पठाइदिन्छु भन्दै ६९ लाख ३० हजार रूपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको हो।



    पक्राउ पर्नेमा महोत्तरी गौशाला नगरपालिका–१२ घर भई काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने २३ वर्षीय निशेषकुमार मुक्तान र गोरखा धार्चे गाउँपालिका–५ घर भई काठमाडौं महानगरपालिका–३ बसुन्धारा बस्ने २० वर्षीया विनिता गुरुङ रहेका छन् ।



    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले निशेषलाई काठमाडौं बौद्धबाट र बिनितालाई काठमाडौं वसुन्धाराबाट पक्राउ गरेको हो ।

    उनीहरूले १२ जनालाई वैदेशिक रोजगारीका लागि ग्रीस पठाई प्रतिष्ठित कृषि कम्पनीमा मासिक १ लाख रूपैयाा तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक-पटक गरी ६९ लाख ३० हजार रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार