Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • सभामुख घिमिरेसहित दलका प्रमुख सचेतक स्वीजरल्याण्ड प्रस्थान

    सभामुख घिमिरेसहित दलका प्रमुख सचेतक स्वीजरल्याण्ड प्रस्थान

    अनलाइन नेपाल
  • बिहिबार, ८ चैत्र २०८०
  • 387
    SHARES

    काठमाडौं । सभामुख देवराज घिमिरे अन्तरव्यवस्थापिका संघको महासभामा सहभागी हुन १० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्ड प्रस्थान गरेका छन् ।

    अन्तर व्यवस्थापिका संघको १४८औँ महासभामा सहभागी हुन घिमिरेको नेतृत्वमा १० सदस्यीय प्रतिनिधिमण्डल दोहा हुँदै जेनेभातर्फ प्रस्थान गरेको हो ।



    महासभामा सभामुख घिमिरेसहित संसदीय दलका प्रमुख सचेतक नेपाली कांग्रेसका रमेश लेखक, नेकपा एमालेका महेशकुमार बर्तौला, नेकपा माओवादी केन्द्रका हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियार, राष्ट्रियसभा सदस्य गङ्गाकुमारी बेलबासे, सङ्घीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरी, उपसचिव प्रदीप गुरागाई र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईसमेत सहभागी छन्।



    जेनेभामा चैत्र १० गतेदेखि १४ गतेसम्म महासभामा सञ्‍चालन हुँदैछ।

    सभामुख घिमिरेले ‘संसदीय कूटनीति : शान्ति र समझदारीको लागि सेतु निर्माण’ विषयमा संघीय संसद्को तर्फबाट आफनो वक्तव्य प्रस्तुत गर्ने जनाइएको छ ।

    सभामुख नेतृत्वको टोली चैत १६ गते बिहान स्वदेश फिर्ता हुने कार्यक्रम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार