Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • एसइई २०८० : छात्रको सङ्ख्या बढ्दै

    एसइई २०८० : छात्रको सङ्ख्या बढ्दै

    अनलाइन नेपाल
  • सोमबार, १२ चैत्र २०८०
  • 657
    SHARES

    फाइल तस्विर

    भक्तपुर । पछिल्ला वर्षमा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा छात्राभन्दा छात्रको सङ्ख्या निरन्तर बढ्न थालेको छ ।

    विद्यालय तहमा अध्ययनरत विद्यार्थीमध्ये छात्रा र छात्रको तथ्याङ्क हेर्दा यो क्रम आगामी वर्षहरूमा अझै बढ्दै जाने देखिएको छ ।



    छात्राको तुलनामा छात्र बढी देखिनुलाई संयोग मात्रै नठानेर तत्कालीन र दीर्घकालीन रूपमा पार्न सक्ने असरको सङ्केतका रूपमा बुझ्नुपर्ने तर्क जनसङ्ख्याविद्को छ ।



    एसइई बिहीबारबाट सञ्चालन हुँदै छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का अनुसार यस वर्ष एसइईमा सहभागी हुनका लागि पाँच लाख चार हजार ४१४ जनाले रजिस्ट्रेसन फाराम भरेका छन् ।

    तीमध्ये छात्राको सङ्ख्या दुई लाख ५० हजार ७७२ र छात्रको सङ्ख्या दुई लाख ५३ हजार ६२७ रहेको परीक्षा नियन्त्रक ९कक्षा १०० नन्दलाल पौडेलले जानकारी दिए । गोरखापत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार