Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • एसइई नतिजा असार तेस्रो सातामा

    एसइई नतिजा असार तेस्रो सातामा

    अनलाइन नेपाल
  • बिहिबार, २५ जेष्ठ २०८०
  • 783
    SHARES

    काठमाडौं । गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आगामी असार तेस्रो साता सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ ।

    बोर्डका अनुसार अहिले उत्तरपुस्तिका परीक्षण गरेर नतिजा ल्याउने काम भइरहेको छ । बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार विभिन्न केन्द्रमा परीक्षण सम्पन्न भएका उत्तरपुस्तिका र नतिजा केन्द्रीय कार्यालयमा ल्याउने काम अन्तिम चरणमा पुगेको छ ।



    बोर्डले उत्तरपुस्तिका परीक्षणका लागि मुलुकभर ५१ वटा केन्द्र तोकेको छ । ती केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरेपछि केन्द्रमा पठाउनुपर्ने हुन्छ । सबै केन्द्रबाट उत्तरपुस्तिका प्राप्त भएपछि कम्प्युटरमा प्रविष्ट गराइने परीक्षा नियन्त्रक श्रेष्ठले बताए ।



    गत चैत १७ गतेदेखि २९ गतेसम्म परीक्षा सञ्चालन भएको परीक्षामा कुल १२ हजार ८३ विद्यालयबाट चार लाख ८५ हजार ३९६ जना परीक्षार्थी सहभागी थिए । जसमा छात्र र छात्राको सङ्ख्या क्रमश : दुई लाख ४२ हजार ६७४ र दुई लाख ४२ हजार ७१२ जना थियो । यस पटक नेपालसहित जापानमा पनि एसइई सञ्चालन भएको थियो ।

    यस पटक नतिजा सार्वजनिक गर्दा अक्षराङ्कनसम्बन्धी कुन निर्देशिका अपनाउने भन्ने विषय भने अझै निक्र्योल भएको छैन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत वर्ष अक्षराङ्कनसम्बन्धी निर्देशिका संशोधन गरेर सैद्धान्तिकतर्फ न्यूनतम ३५ र प्रयोगात्मकतर्फ न्यूनतम ४० प्रतिशत ल्याउनुपर्ने व्यवस्था गरेको छ । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार