Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • होलीमा होहल्ला गरेको आरोपमा पक्राउ परेका १०५ जना छुटे

    होलीमा होहल्ला गरेको आरोपमा पक्राउ परेका १०५ जना छुटे

    अनलाइन नेपाल
  • सोमबार, १२ चैत्र २०८०
  • 282
    SHARES

    फाइल तस्विर

    काठमाडौं । होलीमा जथाभावी रङ दल्ने तथा होहल्ला गरेको आरोपमा पक्राउ परेका २७७ मध्ये १०५ जनालाई प्रहरी छाडेको छ ।

    फागु पूर्णिमाका दिन नियमविपरीत काम गरेको आरोपमा पक्राउ परेका मध्ये १०५ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंले छाडेको हो ।



    उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार पक्राउ गरेको थियो ।



    उनीहरूको अवस्था हेरेर एक सय पाँच जनालाई गएराति नै परिवारको जिम्मा लगाइएको थियो ।

    जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले दुई पाङ्ग्रे सवारी तीन सय वटा र चार पाङ्ग्रे सात वटा सवारी साधनलाई नियन्त्रणमा लिई ट्राफिक प्रहरीको जिम्मा लगाइएको छ ।

    लापसे, मापसे गरी सवारी साधन चलाउने तथा कागजपत्र नबोक्ने, हेल्मेट नलगाइ सवारी चलाएको अभियोगमा उनीहरूलाई सवारी साधनसहित नियन्त्रणमा लिइएको हो

    ​होली पर्वलाई सुरक्षित बनाउने भन्दै प्रहरीले आइतवार उपत्यकामा विशेष सुरक्षा व्यवस्था लागू गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार