Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • आईपीएल : कोहलीको अर्धशतकमा बेंगलुरुको जित, पञ्जाब ४ विकेटले पराजित

    आईपीएल : कोहलीको अर्धशतकमा बेंगलुरुको जित, पञ्जाब ४ विकेटले पराजित

    अनलाइन नेपाल
  • मंगलबार, १३ चैत्र २०८०
  • 573
    SHARES

    एजेन्सी । रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिगमा पञ्जाव किंग्सलाई पराजित गरेको छ ।

    सोमबार राति भएको आफ्नो दोस्रो खेलमा आरसीबीले पञ्जाब किंग्सलाई चार विकेटले पराजित गरेको हो । यस सिजन बेंगलुरुको यो पहिलो जित हो ।



    जितका लागि १ सय ७७ रन पछ्याएको बेंगलुरुले १९.२ ओभरमा छ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो। त्यसमा कोहलीले ४९ बलमा ७७ रन जोडे । उनले ११ चौका र दुई छक्का प्रहार गरे ।



    पञ्जाबका कागिसो राबाडा र हरप्रित ब्रारले २/२ तथा साम करन र हर्षल पटेलले एक/एक विकेट लिए ।

    पहिले ब्याटिङ गरेको पञ्जावले छ विकेटमा १ सय ७६ रन बनाएको थियो । शिखर धवनले ३७ बलमा ४५ रनको योगदान दिए । कोहलीले दुई क्याच पनि लिए र उनी ‘प्लेयर अफ द म्याच’ रहे । आरसीबीका मोहम्मद सिराज र ग्लेन म्याक्सवेलले २/२ विकेट लिए ।

    पहिलो खेलमा भने आरसीबी चेन्नाई सुपर किंग्ससँग पराजित भएको थियो भने पञ्जाबले दिल्लीलाई पराजित गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार