Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • आन्तरिक राजस्व विभागको महानिर्देशकमा तिवारी

    आन्तरिक राजस्व विभागको महानिर्देशकमा तिवारी

    अनलाइन नेपाल
  • बुधबार, १४ चैत्र २०८०
  • 333
    SHARES

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आन्तरिक राजस्व विभागको महानिर्देशकमा शिवलाल तिवारीलाई पठाएका छन् ।

    अर्थमन्त्री पुनले मन्त्रालयमा मंगलबार सरुवा भएर आएका तिवारीलाई आन्तरिक राजस्व विभागमा पठाएका हुन् । आन्तरिक राजस्व विभागको महानिर्देशक भुपाल बराललाई सरकारले वातावरण विभागमा सरुवा गरेको छ ।



    त्यसैगरी भन्सार विभागको महानिर्देशकमा ढुण्डीप्रसाद निरौलालाई नियुक्त गरिएको छ । विभागका महानिर्देशक शोभाकान्त पौडेललाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा सरुवा गर्दै निरौलाललाई भन्सार विभागमा पठाइएको छ।



    तालिम केन्द्रका प्रमुख रामप्रसाद आचार्यलाई मन्त्रालयमा ल्याइएको छ । निरौला, तिवारी र नारायणप्रसाद सापकोटा हालसामलै अर्थमा भित्रिएका सहसचिवहरू हुन्।

    अर्थमन्त्री पुनले मन्त्रालयका महत्वपूर्ण महाशाखामा पनि जिम्मेवारीहरु हेरफेर गरेका छन् । अर्थ मन्त्रालयले सहसचिव रितेशकुमार शाक्यलाई बजेट तथा कार्यक्रम महाशाखा प्रमुख बनाएको छ।

    धनीराम शर्मालाई राजश्व व्यवस्थापन महाशाखा प्रमुखका रुपमा सरुवा गरिएको छ । बजेट मशाशाखाका उत्तरकुमार खत्रीलाई योजना, अनुगमन तथा मूल्यांकन महाशाखाको जिम्मेवारी दिईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार