Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • गृहमन्त्री रवि र पाकिस्तानी राजदूत हस्मीबीच भेटवार्ता, के भयो कुराकानी ?

    गृहमन्त्री रवि र पाकिस्तानी राजदूत हस्मीबीच भेटवार्ता, के भयो कुराकानी ?

    अनलाइन नेपाल
  • बुधबार, १४ चैत्र २०८०
  • 420
    SHARES

    काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हस्मीबीच भेटवार्ता भएको छ । उनीहरुबीच बुधबार गृह मन्त्रालयमा भेटवार्ता भएको हो ।

    भेटमा राजदूत अब्रारले नेपाल र पाकिस्तानबीच अपराध नियन्त्रणसम्बन्धी सम्झौता हुन बाँकी रहेका समझदारीपत्रउपर छलफल गर्नेबारे कुराकानी गरेका छन् ।



    यस्तै पाकिस्तानबाट क्रिकेटसहितका खेलकुदमा क्लबस्तरमा समन्वय र सहकार्य गरी नागरिकस्तरसम्म असल सम्बन्ध स्थापित गराउनमा जोड दिनुपर्ने उनको भनाई थियो ।



    गृहमन्त्री लामिछानेले भर्खर सम्पन्न निर्वाचनले स्थायी सरकार र शान्ति स्थापनामा उल्लेख्य योगदान गर्ने विषयमा आफू विश्वस्त रहेको बताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार