Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • गृहमन्त्री लामिछानेलाई भेट्न पुगे चिनियाँ राजदूत छन, दिए चीन भ्रमणको निम्तो !

    गृहमन्त्री लामिछानेलाई भेट्न पुगे चिनियाँ राजदूत छन, दिए चीन भ्रमणको निम्तो !

    अनलाइन नेपाल
  • बुधबार, १४ चैत्र २०८०
  • 732
    SHARES

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र नेपालका लागि चीनका राजदूत छन सङबीच भेटवार्ता भएको छ । उनीहरुबीच बुधबार गृह मन्त्रालयमा भेटवार्ता भएको हो ।

    भेटमा राजदूत छनले नेपालको बृहत्तर हितका लागि सधैं सहकार्य हुने भन्दै सीमा व्यवस्थापनका लागि मन्त्रालयस्तरीय समन्वय र सहकार्य बढाउन आवश्यक रहेको बताए ।



    त्यस्तै कानून कार्यान्वयन गराउने सरकारी निकायको क्षमता विकास र विस्तारसहित प्रहरीका लागि आवश्यक सवारी साधनको व्यवस्थापन, त्रिभूवन विमानस्थलसहित अन्य अध्यागमन कार्यालयको सुदृढीकरण र प्रणालीको सुधारका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको गृह मन्त्रालयको सचिवालयले जनाएको छ।



    गृहमन्त्री लामिछानेले चीनले गरेको आर्थिक वृद्धि, रोजगारी सिर्जना, प्रविधिको उपयोग र गरिबी निवारणबाट नेपालले सिक्नुपर्ने भन्दै नेपालको विकाससहित विशेषतः विपद्का बेला चीनले गर्दै आएको सहयोग अविस्मरणीय रहेको र त्यसले निरन्तरता पाउने अपेक्षा राखेको बताइएको छ ।

    साथै भेटवार्ताकै क्रममा चीनका राजदूतले समकक्षी वाङ्ग छियाहङ्गका तर्फबाट गृहमन्त्री लामिछानेलाई चीन भ्रमणको निम्तोसमेत दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार