Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • काम गर्न नसके पद ओगटेर नबस्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

    काम गर्न नसके पद ओगटेर नबस्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

    अनलाइन नेपाल
  • बिहिबार, १५ चैत्र २०८०
  • 372
    SHARES

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न प्रक्रियागत झण्झटले काममा ढिलाइ भइरहेको बताएका छन्।

    राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।



    प्रधानमन्त्री प्रचण्डले नयाँ समीकरण बनेपछि पनि काम गर्न नसके पद ओगटेर बस्ने मनस्थितिमा आफू नरहेको बताए ।



    उनले सुशासन र विकासको काम अझै अगाडि बढाउन नसके आफूले अर्को उथलपुथल गर्न सक्ने बताए।

    प्रधानमन्त्री प्रचण्डले भने,सुशासन कायम गरेर विकासलाई गति दिने कामलाई पनि भएका छन्। अहिले समीकरण चेन्ज भएको छ। गण्डकीको मुख्यमन्त्रीज्यूले उथलपुथलकारी कदम भनिदिनुभयो। उथलपुथल त मैले भनेको थिएँ। म साँचै भन्छु कुनै पनि काम अगाडि बढ्न सकेन भने मैले अर्को उथलपुथल गर्न बेर लाग्दैन। त्यो अरूलाई भनेको होइन। मेरै लागि भनेको हो। मैले भन्ने गरेको कामै गर्न नसक्ने स्थिति भयो भने पद ओगटेर बसिराख्न जरुरी हुँदैन।’

    उनले आफूले पदको सुरक्षाका लागि अर्को समीकरण नबनाएको स्पष्ट गर्दै काम तीव्र गर्नका लागि नै यो गरेको बताए ।

    सुशासन र विकास निर्माणका कामलाई गति दिन आफूले चाहेको उनको भनाइ छ ।  तर, अरूलाई अप्ठ्यारो पार्ने खालको उथलपुथल नचाहेको उनको भनाइ थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार