Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • आईपीएल : राजस्थान रोयल्सको लगातार दोस्रो जित

    आईपीएल : राजस्थान रोयल्सको लगातार दोस्रो जित

    अनलाइन नेपाल
  • शुक्रबार, १६ चैत्र २०८०
  • 507
    SHARES

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई हराएको छ ।

    जयपुरमा हिजो भएको खेलमा राजस्थानले दिल्लीलाई १२ रनले हराएको हो । १ सय ८६ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८५ रन मात्र बनाउन सक्यो ।



    दिल्लीका लागि डेभिड वार्नरले ३४ बलमा सर्वाधिक ४९ रन बनाए । यस्तै ट्रिस्टन स्टब्सले २३ बलमा ४४ रनको अविजित इनिङ खेले । ऋषभ पन्तले २८ रन बनाउँदा मिचेल मार्शले २३ रन जोडे । राजस्थानका लागि नान्द्रे बर्गर त युजभेन्द्र चहलले समान २–२ विकेट लिए भने आवेश खानले १ विकेट लिए ।



    त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले ५ विकेट गुमाउँदै १ सय ८५ रन बनाएको थियो । रियान परागले ४५ बलमा ७ चौका र ६ छक्का सहित ८४ रन जोडेका थिए । उनीबाहेक अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेका थिएनन् । रविचन्द्रण अश्विनले २९ तथा ध्रुव जुरेलले २० रन बनाएका थिए ।

    दिल्लीका खलिल अहमद, मुकेश कुमार, एनरीक नोर्टजे, अक्सर पटेल र कुलदीप यादवले समान १–१ विकेट लिए । राजस्थान रोयल्सले लगातार दोस्रो जित दर्ता गरेको छ भने दिल्ली क्यापिटल्स दोस्रो खेलमा पनि पराजित भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार