Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – प्रहरी समायोजन ऐन कार्यान्वयनमा अघि बढेको छ

    प्रधानमन्त्री प्रचण्डले भने – प्रहरी समायोजन ऐन कार्यान्वयनमा अघि बढेको छ

    अनलाइन नेपाल
  • शुक्रबार, १६ चैत्र २०८०
  • 306
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी समायोजन ऐन कार्यान्वयनमा अघि बढेको बताएका छन्।

    राष्ट्रियसभामा संघीयता कार्यान्वयनसँग सम्बन्धित विषयमाथिको छलफलमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘२०७६ मा दुवै सदनबाट पारित भएको प्रदेश प्रहरी समायोजन ऐन कार्यान्वयन प्रक्रियामा लगिएको छ । यो कार्यान्वयनको निम्ति गृह मन्त्रालयअन्तर्गत समिति बनाएर अन्तिम चरणमा पुगेको छ ।’



    उनले २०७६ सालमा ऐन बने पनि कार्यान्वयनमा ढिलाइ हुनुको कारण संघीय प्रहरी ऐनको अभावमा प्रदेश प्रहरी ऐनमा जाँदा केही जटिलता रहेको बताए ।

    यसलाई सम्बोधन गर्ने गरी संघीय प्रहरी ऐनको मस्यौदा पनि अन्तिम चरणमा पुगेको प्रधानमन्त्री प्रचण्डले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार