Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • हावाहुरीले रुख ढलेर किच्दा एक जनाको मृत्यु, एक घाइते

    हावाहुरीले रुख ढलेर किच्दा एक जनाको मृत्यु, एक घाइते

    अनलाइन नेपाल
  • शनिबार, १७ चैत्र २०८०
  • 4.9K
    SHARES

    बुटवल । हावाहुरीले रुख ढलेर किच्दा पाल्पाको तानसेनमा एक जनाको मृत्यु भएको छ ।

    तानसेन नगरपालिका वडा नम्बर–८ जरेपिपलमा रुखले किच्दा स्कुटर चढेर बुटवलतर्फ आउँदै गरेका पाल्पाको कैलाशनगरका २० वर्षीया भुवन सिंजालीको मृत्यु भएको हो ।



    उनी तानसेन नगरपालिका वडा नम्बर ५ कैलाशनगरका बासिन्दा हुन् ।



    लुम्बिनी मेडिकल कलेज प्रभासमा पुर्याउदा सिंजालीको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

    पानीसहित आएको हावाहुरीले रुख ढलेका कारण अहिले पाल्पा–बुटवल सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । स्कुटरमा सवार अर्का एकजना सामान्य घाइते छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार