Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नेप्सेमा १.८५ अंकको गिरावट, २ अर्ब २९ करोडको कारोबार

    नेप्सेमा १.८५ अंकको गिरावट, २ अर्ब २९ करोडको कारोबार

    अनलाइन नेपाल
  • मंगलबार, २० चैत्र २०८०
  • 258
    SHARES

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजार नेप्से घटेको छ ।

    अघिल्लो दिनको तुलनामा १.८५ अंक घटेसँगै नेप्से परिसूचक २०१० मा कायम भएको हो ।



    मंगलबार कारोबारमा आएकामध्ये १ सय ९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय २७ वटाको घटेको छ ।



    बाँकी ८ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ । कुल २ अर्ब २९ करोड रुपैयाँको कारोबार भयो ।

    यसअघि हिजो २ अर्ब ७९ करोडको कारोबार भएको थियो ।

    कारोबार रकमका आधारमा गोर्खाज फाइनान्स, सर्वोत्तम सिमेन्ट, तारागाउँ रिजेन्सी, सुर्याज्योति लाइफ इन्स्योरेन्स र शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार