Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सहायक सीडीओसहित ९ जना उपसचिवको सरुवा (सूचीसहित)

    सहायक सीडीओसहित ९ जना उपसचिवको सरुवा (सूचीसहित)

    अनलाइन नेपाल
  • बुधबार, २१ चैत्र २०८०
  • 405
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले तीन जना सहायक सीडीओसहित ९ जना उपसचिवको सरुवा गरेको छ ।  गृहमन्त्रालयले बुधबार ९ जना उपसचिवको सरुवा गरेको हो।

    भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी मनिता श्रेष्ठको अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वरिष्ठ अध्यागमन अधिकृतका रूपमा सरुवा भएको छ ।



    श्रेष्ठ भोजपुरको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा भए पनि उनी गृहमन्त्रालयमा काजमा रहेकी थिईन् ।



    यस्तै सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी रेवतीरमण शर्माको अध्यागमन विभागमा काजमा रहनेगरी अध्यागमन कार्यालय तातोपानी सिन्धुपाल्चोकमा सरुवा गरिएको छ ।

    विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा काजमा रहेका जाजरकोटका सहायक सीडीओ पुष्कर रानाको अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरिष्ठ अध्यागमन अधिकृतका रूपमा सरुवा भएको छ ।

    गृहमन्त्रालयमा कार्यरत उपसचिव मोहनप्रसाद न्यौपानेको अनुचित लेनदेन (मिटरब्याज) जाँचबुझ आयोगमा काजमा रहनेगरी अछामको सहायक सीडीओमा सरुवा गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार