Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • मुख्यमन्त्रीमा खगराजको नियुक्तविरुद्ध सर्वोच्च जाने तयारीमा कांग्रेस

    मुख्यमन्त्रीमा खगराजको नियुक्तविरुद्ध सर्वोच्च जाने तयारीमा कांग्रेस

    अनलाइन नेपाल
  • आइतबार, २५ चैत्र २०८०
  • 426
    SHARES

    पोखरा । नेपाल एमाले गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएपछि नेपाली कांग्रेसले सर्वोच्च अदालत जाने तयारी गरेको छ ।

    सभामुख समेतको समर्थनमा मुख्यमन्त्री बन्नु असंवैधानिक भएको भन्दै कांग्रेस गण्डकी सर्वोच्च जाने तयारीमा लागेको हो ।



    गठबन्धनले गरेको दाबी पेस असंवैधानिक भएको भन्दै कांग्रेस सर्वोच्च जान लागेको कांग्रेसले जनाएको छ ।



    गण्डकीमा एमाले संसदीय दलका नेता खगराज अधिकारीले आइतबार एमाले, माओवादी र राजीव गुरुङ (दीपक मनाङ) को समर्थनमा प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष दाबी पेस गरेका थिए ।

    त्यसपछि प्रदेश प्रमुखले खगराजलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए । त्यसपछि कांग्रेसले विरोध जनाउँदै सर्वोच्च जाने तयारी गरेका हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार