Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • गण्डकीका नवनियुक्त मुख्यमन्त्री अधिकारीसहित २ मन्त्रीले लिए शपथ

    गण्डकीका नवनियुक्त मुख्यमन्त्री अधिकारीसहित २ मन्त्रीले लिए शपथ

    अनलाइन नेपाल
  • आइतबार, २५ चैत्र २०८०
  • 381
    SHARES

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलेले शपथ लिएका छन् ।

    प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।



    अधिकारी एमालेका २२, माओवादीको सभामुखसहित ८ र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेको समर्थनमा मुख्यमन्त्रीमा आइतबार नियुक्त भएका थिए ।



    अधिकारीले मुख्यमन्त्रीकाे शपथ लिएलगत्तै सत्ता साझेदार माओवादीका संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद राजीव गुरु (दीपक मनाङे) लाई विनाविभागीय मन्त्रीका रुपमा नियुक्त गरेर शपथ दिलाएका छन् ।

    नेपाली कांग्रेसले भने सभामुखसहितको हस्ताक्षरमा बहुमत जुटाइएको भन्दै मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध अदालत जाने तयारीमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार