Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • आगलागीमा घाइते बनेका एकजना सेनाको मृत्यु

    आगलागीमा घाइते बनेका एकजना सेनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २६ चैत्र २०८०
  • 4.6K
    SHARES

    फाइल तस्विर

    डोल्पा । डोल्पामा डढेलो निभाउने क्रममा घाइते एकजना नेपाली सेनाका सिपाहीको मृत्यु भएको छ । मृत्यु हुनेमा जुम्ला तातोपानी ४ स्थायी घर भई देविदत्त गुल्म दुनैमा कार्यरत २८ वर्षीय हेमन्त रावल रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार डोल्पा जिल्ला अस्पतालमै उपचाररत काभ्रे जिल्ला घर भएका ३८ वर्षीय जम्दार केशरबहादुर मगरको अवस्था चिन्ताजनक रहेको छ ।



    उनीहरूलाई उपचारका लागि नेपालगञ्जको भेरी अस्पताल लैजान आएको हेलीकोप्टर रात परेपछि सदरमुकाममै रहेको प्रहरी जनाएको छ।



    घाइते भएका ३० वर्षीय विजय कोइराला र २३ वर्षीय आशिष बुढालाई पहिलो चरणमा नेपाली सेनाको हेलीकप्टरमार्फत नेपालगञ्ज पठाइएको छ ।

    वनमा आइतबार दिउँसोदेखि लागेको डढेलो अत्यधिक हावाहुरीका कारण नियन्त्रणभन्दा बाहिर गएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार