Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • ‘निजामती सेवा’ नाम परिवर्तनको बहस संसदमा

    ‘निजामती सेवा’ नाम परिवर्तनको बहस संसदमा

    अनलाइन नेपाल
  • बुधबार, २८ चैत्र २०८०
  • 441
    SHARES

    काठमाडौं । नेपालमा १० वर्षको सशस्त्र द्वन्द्वसँगै २०६२–०६३ सालको जनआन्दोलनपछि शासन व्यवस्था बदलियो ।

    परिवेश बदलिए पनि कर्मचारीको आफ्नै मौलिकता झल्कने नाम नभएको भन्दै निजामती सेवा शब्दको विषयलाई लिएर बहस सुरु भएको छ । निजामती सेवाको नामको विषयलाई लिएर एक वर्षअघि मात्रै नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले निजामती सेवाको नाम फेरिनुपर्ने बताएका थिए ।



    उनी सामान्य प्रशासनमन्त्री भएका बेलामा पनि निजामती सेवाको नाम फेर्ने विषयमा छलफल चलाएका थिए । निजामतीको सट्टा उनले लोकसेवा आयोगले कर्मचारीहरूको भर्ती गर्ने हुँदा लोकसेवा कर्मचारी भन्न सकिने प्रस्ताव पनि ल्याएका थिए । निजामती शब्द उर्दुबाट आएको उल्लेख गर्दै निजाम्को अर्थ ‘राजा’ हुने उल्लेख छ ।



    राजाको सेवामा खटिनेलाई ‘निजाम्ती’ भन्ने गरिएको र त्यही शब्द विकसित हुँदै ‘निजामती’ भएकाले गणतन्त्र स्थापनापछि पनि सो नाम सान्दर्भिक नहुने भन्दै निधिले नाम सच्याउने प्रस्ताव गरेका थिए ।

    उनले उठाएको सो प्रसंग एक वर्षपछि नेपाली कांग्रेसका अर्का नेता अर्जुननरसिंह केसीले केही दिनअघि मात्रै निजामती सेवा विधेयकका विषयमा निजामती नाम परिवर्तन गर्नुपर्ने कुरा संसद्मा प्रवेश गराएका छन् ।

    राजाको कामदारका रूपमा अहिले पनि कर्मचारीको नाम राखिएकामा नेता केसीले संसद्मा आपत्ति मात्रै जनाएनन् अब नाम फेर्ने बहसमा पनि केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार