Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • देश र जनताको हितमा लाग्न नेता कार्यकर्तालाई अध्यक्ष ओलीको सुझाव

    देश र जनताको हितमा लाग्न नेता कार्यकर्तालाई अध्यक्ष ओलीको सुझाव

    अनलाइन नेपाल
  • बिहिबार, २९ चैत्र २०८०
  • 447
    SHARES

    ताप्लेजुङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई संगठित गर्दै अघि बढ्न आफ्ना नेता कार्यकर्तालाई सुझाव दिएका छन् । आफ्नो स्वार्थमा नभई देश र जनताको हितलाई ध्यानमा राख्दै योजनावद्ध रूपमा अघि बढ्न आफ्ना कार्यकर्तालाई उनले सुझाव दिए ।

    आज ताप्लेजुङ सदरमुकाम फुङलिङमा निर्माण भएको मदन भण्डारी स्मृति भवन तथा एमाले पार्टी कार्यालयको उद्घाटन गर्दै उनले स्पष्ट विचारका साथ अनुशासित र सक्रियतापूर्वक रुपमा पार्टी संगठनमा लाग्नुपर्ने बताएका हुन् ।



    आफू र आफ्नो पार्टीलाई गन्तव्यमा पुर्‍याउनका लागि हरेक कार्यकर्तामा स्पष्ट विचार, अनुशासन र सक्रियता आवश्यक पर्ने उल्लेख गर्दै सोही अनुसार अघि बढेर मिसन ८४ लाई पूरा गर्नुपर्ने उनले बताए ।



    करिब तीन करोड २५ लाख बढीको लागतमा निर्माण भएको भवनको उद्घाटन अघि अध्यक्ष ओली चीनसँगको सीमावर्ती क्षेत्र ओलाङचुंगोला पुगेका थिए । हेलिकोप्टरमार्फत त्यहाँ पुगेका ओलीले सीमावर्ती क्षेत्रको हवाई अवलोकन समेत गरे ।

    यस्तै, उनले विराटनगरको रानी भन्सारबाट धनकुटा मूलघाट हुँदै ओलाङचुङ्गोला–टिपताला जोड्ने सडकको ट्र्याक खुलेसँगै बुधबार साँझ ओलाङचुङगोलामा पहिलो पटक सदरमुकाम तर्फबाट पुगेका सवारी साधनका चालकलाई सम्मान पनि गरेका थिए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार