Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • कलाकारको प्रोत्साहनमा सरकार गम्भीर छ : प्रधानमन्त्री दाहाल

    कलाकारको प्रोत्साहनमा सरकार गम्भीर छ : प्रधानमन्त्री दाहाल

    अनलाइन नेपाल
  • शनिबार, १ बैशाख २०८१
  • 189
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादको आधार तयार पार्न सांस्कृतिक रुपान्तरण र समाजवादी संस्कृतिको दिशाबोध आधारभूत शर्त भएको बताएका छन् ।

    नयाँ वर्ष २०८१ का अवसरमा सांस्कृतिक संस्थानले आज यहाँ आयोजना गरेको ‘शुभारम्भ सांस्कृतिक साँझ–२०८१’लाई सम्बोधन गर्दै उनले समाजवादीको संस्कृति निर्माणको पक्षमा सम्पूर्ण देशभक्त एवं प्रगतिशील समुदायले योगदान गर्न सक्नुपर्ने बताए ।



    उनले भने–‘नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानबाट प्राप्त भएको संविधानले समाजवादउन्मुख राज्य निर्माणको सङ्कल्प गरेको छ, देशको अग्रभागमा रहेर विशाल राष्ट्रिय जागरण पैदा गर्न सांस्कृतिक संस्थानलगायतले महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ ।’



    सांस्कृतिक नीति, साधनस्रोत, पूर्वाधार, स्रष्टा र कलाकारको प्रोत्साहनलगायत विषयमा सरकार गम्भीर रहेको उल्लेख गर्दै उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा सांस्कृतिक संस्थानका चासोलाई सम्बोधन गरिने विश्वास दिलाए ।

    प्रधानमन्त्री दाहालले संस्थानद्वारा आयोजित सांस्कृतिक साँझले आफूलाई छुट्टै ऊर्जा र प्रेरणा दिएकोसमेत बताए । उनले भने–‘यस कार्यक्रममा प्रस्तुत भएका प्रस्तुतिहरूले मलाई छुट्टै ऊर्जा र प्रेरणा प्रदान भएको छ । कार्यक्रममा विभिन्न भाषाभाषी, सांस्कृतिक विविधता, प्रदेशगत सांस्कृतिक प्रस्तुति, देशभक्तिपूर्ण भावनाले ओतप्रोत प्रस्तुतिले देशको राष्ट्रिय एकता र सांस्कृतिक विविधताको आत्मसातीकरण र प्रवर्द्धनमा महत्त्वपूर्ण प्रेरणा प्रदान गरेको ठानेको छु ।’

    सो अवसरमा संस्थानका महाप्रबन्धक किरणबाबु पुनले लोपोन्मुख अवस्थामा रहेका लोकगीत, लोकसङ्गीत, लोकवाद्य, लोकनृत्य, लोकनाटकको संरक्षण र प्रवर्द्धन गर्न क्रियाशील रहेको बताए । कार्यक्रममा उनले ‘सांस्कृतिक संस्थानको हर्ष, मनाऔँ नेपाली नयाँ वर्ष’ भन्ने नाराका साथ प्रत्येक साताको शुक्रबार साँझ सांस्कृतिक कार्यक्रम आयोजना गरिने जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार