Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा २५ सय सहभागी हुने

    एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा २५ सय सहभागी हुने

    अनलाइन नेपाल
  • आइतबार, २ बैशाख २०८१
  • 474
    SHARES

    काठमाडौं । नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा करिब २५ सय सहभागी हुने भएका छन् ।

    बैठकमा दुई हजार १५३ महाधिवेशन प्रतिनिधि, महाधिवेशनपछि थपिएका केन्द्रीय सदस्य, केन्द्रीय सल्लाहकार परिषद्, पार्टीको निर्वाचन आयोग, केन्द्रीय लेखा आयोगका पदाधिकारी गरी २५ सय सहभागी हुन लागेका हुन् ।



    परिषद्को बैठक यही वैशाख ८ र ९ गते ललितपुरको गोदावरीस्थित सनराइज हलमा बिहान ११ बजे बस्नेछ ।



    बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार