Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • जुनसुकै कालखण्डमा भएका भ्रष्टाचारको छानबिन गर्न सरकार तयार छ : प्रधानमन्त्री प्रचण्ड

    जुनसुकै कालखण्डमा भएका भ्रष्टाचारको छानबिन गर्न सरकार तयार छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • मंगलबार, ४ बैशाख २०८१
  • 237
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारसँग जोडिएका जुनसुकै कालखण्डको भएपछि छानबिन हुने बताएका छन् ।

    सुशासनका चुनौती र सरकारको आगामी कार्यदिशा विषयक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले देशलाई सुशासन र समृद्धिको बाटोमा अगाडि बढाउन कानून कार्यान्वयनको पाटोलाई ध्यान दिनुपर्ने बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘भ्रष्टाचारसँग जोडिएका विषयको छानबिन र अनुसन्धान गरी कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारी माथि कानूनी कारबाही अगाडि बढाउन सरकार प्रतिवद्ध छ । वर्तमान सरकारको प्रमुख प्राथमिकता छन्, सुशासन, सामाजिक न्याय र समृद्धि हो, त्यसमध्ये सुशासन कायम गर्ने प्रश्नलाई सबैभन्दा अग्रभाग राखेर सोहीअनुरूप कार्यान्वयनको प्रक्रिया पनि अगाडि बढिरहेकै छ ।’

    मुलुकको समग्र विकास, नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य रहेको प्रधानमन्त्री प्रचण्डको भनाई छ।

    भ्रष्टाचार नियन्त्रणमा संलग्न निकायलाई कानुन, जनशक्ति, स्रोत र साधनसहित अधिकार सम्पन्न बनाई सदाचार प्रत्याभूति गर्ने अवस्था सिर्जना गरिने प्रधानमन्त्री प्रचण्डले बताए ।

    भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्ने राज्यको नीतिलाई व्यवहारमा रूपान्तरण गर्न तीनै तहका सरकार, निजी क्षेत्र, नागरिक समाज, सञ्चार जगत् एवं आम नागरिक सबैसँग निरन्तर समन्वय, सहयोग र सहकार्य अपरिहार्य रहेको उल्लेख गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार