Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • घुस लिएको आरोपमा पोखरा महानगरका इन्जिनियर बराल पक्राउ

    घुस लिएको आरोपमा पोखरा महानगरका इन्जिनियर बराल पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ५ बैशाख २०८१
  • 246
    SHARES

    पोखरा । घुस लिएको आरोपमा पोखरा महानगरपालिकाका इन्जिनियर शिव बराल पक्राउ परेका छन् ।

    घर नक्सा शाखाका इन्जिनियर बराललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।



    गत चैत २८ गते साँझ पोखरा १० का सेवाग्राहीसँग घर नक्साकै विषयमा घुस लिएपछि महानगरपालिकाकी इन्जिनियर उषाकिरण रोकाया रंगेहात पक्राउ परेकी थिइन् ।



    उनी सहित गोदार कन्सल्टेन्सीका सहयोगकी सुरज कुँवर डेढ लाख घुससहित पक्राउ परेका हुन्। सोही विषयमा अनुसन्धान गर्दा बरालको पनि संलग्नता देखिएको अख्तियारको आरोप छ ।

    अख्तियार पोखराका सूचना अधिकारी जगदीश शिवाकोटीका अनुसार बराललाई पक्राउ गरेर केन्द्रीय कार्यालय टंगाल पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार