Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • उपनिर्वाचन : आज राति १२ बजेबाट प्रचार गर्न निषेध

    उपनिर्वाचन : आज राति १२ बजेबाट प्रचार गर्न निषेध

    अनलाइन नेपाल
  • बुधबार, १२ बैशाख २०८१
  • 366
    SHARES

    काठमाडौं । वैशाख-१५ गते प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशतर्फ बझाङ १ को १ मा उपनिर्वाचनअन्तर्गत आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने भएको छ ।

    निर्वाचन आयोगका अनुसार वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज राति १२ बजेबाट प्रचार गर्न निषेध गरिएको हो ।



    आज राति १२ बजेबाट मौन अवधि शुरू हुने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार मौन अवधिमा प्रचार गर्न पाइँदैन ।



    निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि चुनावको प्रचारप्रसार गर्न पाइँदैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार