Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपालले वेस्ट इन्डिजलाई दियो १२३ रनको मध्यम लक्ष्य

नेपालले वेस्ट इन्डिजलाई दियो १२३ रनको मध्यम लक्ष्य

मंगलवार , आश्विन १४, २०८२

काठमाडौं । नेपालले युनिटी कपको तेस्रो खेलमा वेष्टइण्डिजलाई १ सय २३ रनको मध्यम लक्ष्य दिएको छ ।

शारजाह क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल १९.५ ओभरमा १ सय २२ रनमा अल आउट भयो ।

नेपालका ओपनर कुशल भुर्तेलले २९ बलमा २ चौका र ३ छ्क्कासहित सर्वाधिक ३९ रन बनाए ।

सुरुवाती दुई खेल जितेको नेपालले तेस्रो खेलमा कुशल मल्ल र कुशल भुर्तेललाई ओपनिङ पठाएको थियो । नियमित ओपनर आसिफ शेखलाई विश्राम दिदा कुशल मल्ल ओपनिङमा आएका थिए । यी दुई ओपनरले पहिलो विकेटलाई ७ ओभरमा ४१ रनको साझेदारी गरेका थिए । मल्ल जेसन होल्डरको बलमा एज लागेर विकेटकिपर अमिर जांगोबाट २१ बलमा १ चौकासहित १२ रनमा आउट भए ।

कप्तान रोहित पौडेल १९ बलमा १ छक्कासहित १७ रनमा एज लागेर विकेटकिपरबाट नै क्याच आउट भए ।

गुल्शन झा १०, आरिफ शेख ६, आदिल आलम ३, सोमपाल कामी ४, करण केसी डक र सन्दीप जोरा १४ रनमा आउट भए ।

वेष्टइण्डिजका रमन सिमाण्ड्सले ३ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए । जेडिवाह ब्लाड्सले ३.५ ओभरमा २० रन खर्चेर २ विकेट लिए । नेपालले पहिलो खेल १९ रन र दोस्रो खेल ९० रनले जितेको थियो । तीन खेलको सिरिजमा नेपाल आजको खेल जितेको क्लिनस्वीप गर्नेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077