Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वेस्ट इन्डिजले टस जित्यो, नेपाल ब्याटिङमा

वेस्ट इन्डिजले टस जित्यो, नेपाल ब्याटिङमा

मंगलवार , आश्विन १४, २०८२

काठमाडौं । वेस्ट इन्डिजले नेपालविरुद्धको तेस्रो टी-२० आई सिरिज अन्तर्राष्ट्रिय खेलमा टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको छ ।

यूएईको शारजाहमा टस जितेर वेस्ट इन्डिजले नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।

नेपालको टोलीमा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, गुलसन झा, लोकेश बम, मोहम्मद आदिल आलम, सोमपाल कामी, करण केसी र शहाब आलम छन् ।

वेस्ट इन्डिजको टोलीको कप्तानी अकिल होसेनले गरिरहेका छन् । टोलीमा करिमा गोरे, काइल मेयर्स, केसी कार्टी, अकिम अगस्टे, विकेटकिपर अमिर जाङ्गू, जेसन होल्डर, फेबियन एलेन, नभिन बिदाइसी, जेडिया ब्लेड्स, र रामोन सिमोन्ड्स समावेश छन् ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077