Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अन्तिम खेलमा नेपाल वेष्ट इण्डिजविरुद्ध १० विकेटले पराजित

अन्तिम खेलमा नेपाल वेष्ट इण्डिजविरुद्ध १० विकेटले पराजित

मंगलवार , आश्विन १४, २०८२

काठमाडौं। नेपाल युनिटी कपको तेस्रो तथा अन्तिम खेलमा वेस्ट इन्डिजसँग १० विकेटले पराजित भएकोछ ।

सुरुवाती दुई खेल जित्दै सिरिज जितेको नेपालले अन्तिम खेलमा भने ब्याटिङ र बलिङ दुबैमा राम्रो गर्न नसक्दा पराजित भएको हो । तीन खेलको सिरिज नेपालले २९१ ले जितेको हो । जित्नलाई १ सय २३ रनको लक्ष्य पछ्याएको वेष्टइण्डिजले १२.२ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो ।

वेष्टइण्डिजका आमिर जांगो ४५ बलमा ५ चौका र ६ छक्कासहित ७४ तथा अकिम अगष्ट २९ बलमा ४ चौका र २ छक्कासहित ४१ रनमा नटआउट रहे । त्यसअघि शारजाह क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल १९.५ ओभरमा १ सय २२ रनमा अल आउट भएको थियो ।

नेपालका ओपनर कुशल भुर्तेलले २९ बलमा २ चौका र ३ छ्क्कासहित सर्वाधिक ३९ रन बनाएका थिए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । कप्तान रोहित पौडेल १७, कुशल मल्ल १२, गुल्शन झा १०, आरिफ शेख ६, आदिल आलम ३, सोमपाल कामी ४, करण केसी डक र सन्दीप जोरा १४ रनमा आउट भए ।

वेष्टइण्डिजका रमन सिमाण्ड्सले ३ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए । जेडिवाह ब्लाड्सले ३.५ ओभरमा २० रन खर्चेर २ विकेट लिए ।

नेपालले पहिलो पटक टेस्ट टोलीविरुद्ध सिरिज खेलेको हो । पहिलो पटक टेस्ट टोलीलाई हराएको हो । यसअघि नेपालले पहिलो खेल १९ रन र दोस्रो खेल ९० रनले जितेको थियो ।

आगमी साता देखि ओमानमा हुने आईसीसी टी-२० विश्वकप छनोट अघि नेपालले तयारी स्वरुप यस सिरिज खेलेको हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077