Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपालले वेस्ट इन्डिजलाई दियो १७४ रनको लक्ष्य

नेपालले वेस्ट इन्डिजलाई दियो १७४ रनको लक्ष्य

सोमवार , आश्विन १३, २०८२

काठमाडौं । नेपालले वेस्ट इन्डिजलाई १७४ रनको लक्ष्य दिएको छ । शारजहामा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७३ रनको योगफल तयार पारेको हो ।

नेपालका लागि आसिफ शेख र सन्दीप जोराले उल्लेख्य पारी खेले । जोरा ६३ रनमा आउट भए । आसिफ ६८ रनमा नटआउट रहे ।

४३ रन जोड्दा ३ विकेट गुमाएको स्थिति सम्हाल्दै दुवैले चौथो विकेटका लागि सतकीय साझेदारी गरे । टी(२० मा चौथो विकेटका लागि नेपाली खेलाडीले बनाएको यो सर्वाधिक साझेदारी हो । यसअघि रोहित पौडेल र आसिफ शेखले चौथो विकेटका लागि ९९ रनको साझेदारी गरेका थिए ।

४७ बलको सामना गरेका आसिफले २ छक्का र ८ चौका प्रहार गरे । सन्दीपले ३९ बलको सामना गर्दै ५ छक्का र ३ चौका हिर्काए । गुल्शल झा ६ रनमा आउट भए । लामो समयको प्रतिबन्धपछि टोलीमा फर्किएका आदिल अन्सारीले ५ बलमा ११ रन बनाए ।

ओपनर कुशल भुर्तेल २, क्याप्टेन रोहित पौडेल ३ र कुशल मल्ल ७ रन बनाए । अकिल हुसेन र कायल मेयर्सले समान २ विकेट लिए ।

एक विकेट जेडिह ब्लाडिजको नाममा रह्यो । कुशल मल्ल रन आउट भए । तीन खेलको शृंखलामा नेपाल १-० ले अघि छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077