Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल मलेसियासँग तीन रनले पराजित

नेपाल मलेसियासँग तीन रनले पराजित

बिहिवार , आश्विन १६, २०८२

काठमाडौं । द्विदेशीय अन्तर्राष्ट्रीय टी–२० शृंखलामा नेपाली महिला क्रिकेट टिम मलेसियासँग पराजित भएको छ ।

बिहीबार मलेसियाको बेयुमास ओभलमा भएको रोमाञ्चक खेलमा मलेसियाले नेपाललाई तीन रनले हराएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया महिला टोलीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १०४ रन बनाएको थियो ।

मलेसियाका लागि कप्तान विनिफ्रेड दुराइसिंगमले सर्वाधिक २७ रन बनाइन् । ऐन्ना हमिजाह हाशिमले २६ रन तथा मस एलिसाले २५ रनको योगदान दिइन् ।

बलिङतर्फ नेपालका लागि सोमु विष्टले २ विकेट र रुविना क्षेत्रीले एक विकेट लिइन् ।

जितका लागि १०५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले २० ओभरमा सात विकेट गुमाएर १०१ रनमात्र बनाउन सक्यो ।

नेपालका लागि पूजा महतोले ३० रन बनाइन् । सम्झना खड्काले १८, कविता जोशीले १३ तथा कप्तान इन्दु वर्माले १२ रन बनाइन् ।

अन्तिम ओभरसम्म खेल प्रतिस्पर्धात्मक बने पनि नेपाल लक्ष्य भेटाउन सकेन ।

मलेसियाको जितमा नुर ड्यानिया स्युहादाले ३ तथा विनिफ्रेड दुराइसिंगम र ऐस्या एलिसाले दुई–दुई विकेट लिइन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077