Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सरकारमा हुनेहरुको बुद्धि नपुगेर दुर्घटना भयो, शहीदहरूको रगतमाथि अन्याय हुँदैन : प्रधानमन्त्री कार्की

सरकारमा हुनेहरुको बुद्धि नपुगेर दुर्घटना भयो, शहीदहरूको रगतमाथि अन्याय हुँदैन : प्रधानमन्त्री कार्की

बिहिवार , आश्विन १६, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारमा हुनेहरूको बुद्धि नपुगेकै कारण जेनजी पुस्ताहरूको ज्यान गएको बताएकी छन्।

विजया दशमीको दिन जेनजी युवा आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारसँग भेट गर्दै उनले यस्तो बताएकी हुन्।

प्रधानमन्त्री कार्कीले नहुनुपर्ने घटना भएको र आन्दोलनका क्रममा निधन भएकाहरूको परिवारलाई कसरी सहयोग गर्ने भन्नेबारे सोचेको बताइन्। राज्यले मृतकलाई फर्काएर ल्याउन नसके पनि मद्दत गर्ने प्रतिवद्धता जनाइन्।

कार्कीले भनिन्- 'दुःखद् घटना भयो । सरकारमा हुनेको बुद्धि पुगेन जसकारणयो दुर्घटना भयो । बच्चाहरूले पढ्ने कसरी रु उहाँहरूको पढाइ, कामहरू दिनेगरी सोचिरहेका छौँ । उहाँहरूले मागेकै केही छैन । उहाँहरूको नोक्सान जे भयो, त्यसको क्षतिपूर्ति त हुनै सक्दैन । राज्यले फर्काएर त ल्याउन सक्दैन । राज्यबाट मद्दत गर्ने उठ्नलाई भन्ने हो ।'

minister-jagadeesh-kharel-(2)-1759403762.jpeg

प्रधानमन्त्री कार्कीसँगै शहीद परिवारलाई भेट्न पुग्नुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मृतक तथा शहीद परिवारलाई प्रधानमन्त्रीको चाहनाअनुसार शहीद परिवारसँग समय बिताएको बताइन् । शहीदहरूको रगतमाथि अन्याय हुन नदिने र शहीदहरूको रगतले न्याय पाउने बताइन्।

गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको थियो । साथै सयौँ मानिस घाइते भएका छन् ।

यस वर्ष पूर्वराजा ज्ञानेन्द्र शाह, राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री कार्कीले पनि सर्वसाधारणलाई दशैँको टीका लगाइदिएनन् । कार्कीले पनि जेनजी पुस्ताको मृत्युको शोकमा टीका ग्रहण गरिनन्।

pm-sushila-karki-dasain-(3)-1759403768.jpeg

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077