Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

‘प्रचण्डपथ’लाई आधार बनाएर नयाँ पार्टी खोल्नु देशका लागि महादुर्भाग्यपूर्ण : रवीन्द्र मिश्र

‘प्रचण्डपथ’लाई आधार बनाएर नयाँ पार्टी खोल्नु देशका लागि महादुर्भाग्यपूर्ण : रवीन्द्र मिश्र

शनिवार , आश्विन १८, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रले नयाँ पार्टी खोल्ने चर्चा भइरहेका बेला 'प्रचण्डपथ'लाई आधार बनाएर फेरि पार्टी खोल्नु देशका लागि दुर्भाग्यपूर्ण हुने टिप्पणी गरेका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै मिश्रले आफूले पनि २०७४ सालमा ‘प्रचण्डको संविधान २०७२’ को वैचारिकतालाई आत्मसात गर्दै ‘प्रचण्डपथगामी’ पार्टी शुरु गर्नु जीवनकै ठूलो भूल भएको महसुस गरेको उल्लेख गरेका छन् ।

उनले गलत बाटोमा लागेको अनुभूति भएपछि पाँच वर्षपछि ‘मार्ग परिवर्तन’ गरेको स्पष्ट पारे ।

संविधान २०७२ ले नेपाललाई अस्तित्व संकटतर्फ धकेल्ने चेतावनी दिँदै मिश्रले भनेका छन्, 'नयाँ खुल्ने पार्टीले सुरुमैँ ‘पृथ्वीपथ’लाई अंगिकार नगरी ‘प्रचण्डपथ’लाई नै अँगाल्यो भने त्यो भावी पुस्ताका लागि महादुर्भाग्यपूर्ण हुनेछ।'

मिश्रले ‘प्रचण्डपथ’ले सिर्जना गर्ने अशान्ति र अस्थिरता केवल नेपालमै सीमित नहुने दाबी गर्दै भारतसहित छिमेकी मुलुकका लागि पनि सुखद नहुने टिप्पणी गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077