Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

निर्वाचन आयोगले रवीन्द्र मिश्रलाई किन दियो दुःख ?

निर्वाचन आयोगले रवीन्द्र मिश्रलाई किन दियो दुःख ?

बुधवार , पौष १६, २०८२

काठमाडौं । राप्रपाका नेता तथा २०७९ को प्रतिनिधिसभा सदस्य उम्मेदवार रवीन्द्र मिश्रले निर्वाचन आयोगले पटक–पटक निर्वाचन खर्च विवरण सार्वजनिक नगरेको भन्दै सूचना जारी गरेकोप्रति असन्तुष्टि जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक विज्ञप्तिमा उनले आफूले कानुनअनुसार समयमै खर्च विवरण बुझाइसकेको दाबी गरेका छन् ।

मिश्रका अनुसार उनले निर्वाचन आयोगले तयार पारेको खर्च विवरण फारम भरेर निर्वाचन सकिएको दुई हप्तापछि, २०७९ मंसिर २० गते काठमाडौँ क्षेत्र नं. १ को निर्वाचन आयोग कार्यालयमा स्वयं उपस्थित भई बुझाएका थिए। उक्त विवरण कार्यालयको छापसहित दर्ता नं. १० मा बुझिलिएको र त्यसको प्रतिलिपि पनि आफूसँग सुरक्षित रहेको उनले बताएका छन्।

उनले त्यसै दिन आफ्नो निर्वाचन खर्चबारे “रवीन्द्र मिश्रको चुनाव खर्च साढे २४ लाख” शीर्षकमा प्रेस विज्ञप्ति जारी गरेको र उक्त समाचार प्रमुख सञ्चार माध्यमहरूमा प्रकाशित भएको स्मरण गराउँदै प्रश्न गरेका छन्— योभन्दा बढी सार्वजनिक कति हुनु पर्थ्यो ?

निर्वाचन आयोगको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै मिश्रले भनेका छन्,
“कुनै नेताले सार्वजनिक रूपमा ‘६ करोड रूपैयाँ खर्च गरेँ’ भन्दा स्पष्टिकरण सोधेर छोड्ने आयोगले हामीजस्ता इमानदार प्रतिस्पर्धालाई किन सताइरहेको होला ?

उनले उम्मेदवारले बुझाएको खर्च विवरण दर्ता भएपछि आयोगले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरिदिनु नै पर्याप्त हुने सुझाव दिएका छन् ।

यदि कुनै शंका लागे उम्मेदवारसँग स्पष्टिकरण सोध्न सकिने भन्दै आयोगले बारम्बार सूचना निकाल्नु आवश्यक नरहेको उनको भनाइ छ ।

यस्तो छ रवीन्द्र मिश्रको चुनावी खर्च विवरण :

May be an image of ticket stub, clarinet and text

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077