Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

उदयपुरमा खोलाले बगाउँदा बालिकाको मृत्यु

उदयपुरमा खोलाले बगाउँदा बालिकाको मृत्यु

आइतवार , आश्विन १९, २०८२

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-५, दमौटीमा खोलाले बगाउँदा बालिकाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार खोलाले बगाउँदा उजन राईकी छोरी ३ वर्षीया रेबिका राईको मृत्यु भएको हो।

शनिबार दिउँसो २ बजे बालिका खोला नजिकै खेल्ने क्रममा अम्बिका खोलाले बगाएको हो।

बालिकाको शवलाई प्रकृया पूरा गरी आफन्तको जिम्मा लगाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको उदयपुर जिल्ला प्रहरी कार्यालयरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केदारमान दोङले बताए। रासस

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077