Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

दुई एआईजीको सरुवा, चार जनाको पदस्थापन तयारी

दुई एआईजीको सरुवा, चार जनाको पदस्थापन तयारी

सोमवार , आश्विन २०, २०८२

काठमाडौं । सरकारले नेपाल प्रहरीका दुई एआईजीको सरुवा गरेको छ ।

अपराध अनुसन्धान विभागमा कार्यरत राजन अधिकारीको मानव स्रोत तथा प्रशासन विभाग तथा कार्य विभागमा कार्यरत शिद्धिबिक्रम शाहको प्रहरी एकेडेमीमा सरुवा भएको छ । दुवै निकाय निमित्तको भरमा थिए ।

त्यस्तै, चार जनालाई एआईजीमा बढुवा गरी यही साता पदस्थापनको तयारी भइरहेको छ । अघिल्लो साता सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालय कुमार श्रेष्ठ र डम्बरबहादुर विकको बढुवा सिफारिस भएको थियो ।

अब बस्ने मन्त्रिपरिषद्को बैठकले उनीहरुको बढुवा र पदस्थापन गर्नेछ । हाल प्रशासन विभाग, कार्य विभाग, अपराध अनुसन्धान विभाग र प्रदेश समन्वय विभाग रिक्त छन् ।

बढुवापछि उनीहरुको तीनै विभागमा पदस्थापन हुनेछ। साथै, बढुवा हुनेमध्ये दुई जना प्रदेशमा कार्यरत रहेकाले प्रदेशहरुमा पनि नयाँ डीआईजी पठाउने गृहकार्य भइरहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077