Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१८ जना प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन, नत्र सेवाबाट हटाउने चेतावनी

१८ जना प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन, नत्र सेवाबाट हटाउने चेतावनी

मंगलवार , आश्विन २१, २०८२

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले लामो समयदेखि सम्पर्कविहीन रहेका १८ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन आग्रह गरेको छ ।

कानुन शाखामार्फत मंगलबार सार्वजनिक गरिएको सूचनामा ती प्रहरी कर्मचारीलाई तत्काल आफ्नो कार्यस्थलमा हाजिर हुन निर्देशन दिइएको हो।

सूचनामा भनिएको छ, “आफूखुसी कार्यालयमा गैरहाजिर रही खोजतलास गर्दा समेत सम्पर्कमा नआएको र प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम ११५ को देहाय (२) अनुसार प्रक्रिया पूरा गरी सूचना टाँस गरिसक्दा पनि हाजिर नभएकाले यो सूचना प्रकाशित गरिएको हो।”

प्रहरी प्रधान कार्यालयले सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात दिनभित्र हाजिर भई गैरहाजिरीको कारणसहित सन्तोषजनक स्पष्टीकरण पेस गर्न पनि निर्देशन दिएको छ।

सूचनामा थप चेतावनी दिइएको छ कि तोकिएको म्यादभित्र पनि सम्पर्कमा नआए प्रहरी नियमावली अनुसार आवश्यक अनुशासनात्मक कारबाहीका साथै सेवाबाट हटाइने प्रक्रिया अघि बढाइनेछ।

552365315_836869222040925_5642328109456855645_n

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077