Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गृहमन्त्री अर्यालको राजीनामा माग्ने डा. निकोलसलाई प्रहरीले सुधार केन्द्र पठायो

गृहमन्त्री अर्यालको राजीनामा माग्ने डा. निकोलसलाई प्रहरीले सुधार केन्द्र पठायो

बिहिवार , आश्विन २३, २०८२

काठमाडौं । बिहीबार दिउँसो माइतीघरमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका अभियान्ता निकोलस भुसाललाई प्रहरीले सुधार केन्द्र पठाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउपछि गरिएको स्वास्थ्य परीक्षण (मेडिकल रिपोर्ट) मा भुसालले गाँजा सेवन गरेको प्रमाण फेला परेको हो ।

त्यसपछि प्रहरीले भुसाललाई सुधार केन्द्र पठाएको बताइएको छ । प्रहरीले निकोलसलाई उनका दाजुको जिम्मामा सुधार केन्द्र पठाएको जनाएको छ ।

उनीसहित अन्य प्रदर्शनकारीलाई पनि प्रहरीले बिहीबार नियन्त्रणमा लिएको थियो । जेनजीको माग सम्बोधन नभएको भन्दै माइतीघरमा भेला भएका भुसालसहितले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077