Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जुवा खालबाट वरिष्ठ सई र नेतासहित १४ जना पक्राउ, १३ लाखबढी बरामद

जुवा खालबाट वरिष्ठ सई र नेतासहित १४ जना पक्राउ, १३ लाखबढी बरामद

शुक्रवार , आश्विन २४, २०८२

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीको टोलीले जुवा खेल्दै गरेको अवस्थामा वरिष्ठ सईसहित १४ जना पक्राउ गरेको छ ।

वरिष्ठ सई शाही कर्णाली प्रदेश संघीय प्रहरी कार्यालयमा कार्यरत छन् । उनी ड्युटीकै समयमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा नेपालगन्ज ४ का पूर्ववडाध्यक्ष मो. सफिफ बेहना समेत छन् ।

त्यसैगरी जुवाको खालबाट विज्ञान श्रेष्ठ, गणेश बस्नेत, सेताज अन्सारी, ऋषि गुप्ता, तरूण गौतम, विनोद खड्का, संगम शाह, मधुसुदन दाहाल, मेघराज गौतम, भागिरथ यादव, नन्दलाल यादव र सुमन केसी पक्राउ परेका छन् ।

बाँके प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीका अनुसार नेपालगन्जको बाइपास रोडस्थित मौरी रेष्टुरेन्टबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

उनीहरूको साथबाट १३ लाख ६३ हजार ८ सय रुपैयाँ र १० गड्डी तास बराम गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान थालिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077