Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

डेढ लाखभन्दा बढी रकमसहित सातजना जुवाडे पक्राउ

डेढ लाखभन्दा बढी रकमसहित सातजना जुवाडे पक्राउ

शनिवार , कार्तिक १५, २०८२

धनगढी । कैलालीमा प्रहरीले डेढ लाखभन्दा बढी नगदसहित सात जना जुवाडे पक्राउ गरेको छ ।

मोहन्याल गाउँपालिका–७ स्थित ग्रिन सिटी होटल, पितमारीमा जुवातास खेलिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको टोलीले बिहीबार राति छापा मारेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घटनास्थलबाट रु. १ लाख ७७ हजार नगद र १२ गड्डी तास बरामद गरिएको छ।

पक्राउ पर्नेहरूमा मोहन्याल गाउँपालिका–७ का ६८ वर्षीय अम्मर बुढा, ३० वर्षीय महेन्द्र साउँद, २६ वर्षीय डबल बुढा,

लम्कीचुहा नगरपालिका–१ थकालीपुरका ४८ वर्षीय नेत्र शाही, चिसापानीका ६५ वर्षीय कुलबहादुर शाही,

३८ वर्षीय बिर्खबहादुर बिष्ट र सोही होटलका सञ्चालक ३० वर्षीय लोकेन्द्र बहादुर शाही रहेका छन्।

छापा प्रहरी निरीक्षक मिरा खड्काको नेतृत्वमा सञ्चालन गरिएको थियो । प्रहरीले पक्राउ परेका सबैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077