Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

क्यासिनो खेल्ने पक्राउ, खेलाउनेलाई उन्मुक्ति : करोडौ लुट्नेहरु दुई दिनमै छुटे

क्यासिनो खेल्ने पक्राउ, खेलाउनेलाई उन्मुक्ति : करोडौ लुट्नेहरु दुई दिनमै छुटे

शुक्रवार , चैत्र ६, २०८२

काठमाडौं। जिल्ला प्रहरी परिसर काठमाडौंले बुढानीलकण्ठको ‘लेमन ट्री होटलभित्र सञ्चालित गरुड क्यासिनो र काठमाडौंको ताहाचलस्थित माजोङ क्यासिनोमा चैत ३ गते छापामारी क्यासिनोमा अवैध रूपमा जुवातास खेलिरहेका १४ जनालाई पक्राउ गरी ५ दिन म्यादथप गर्यो । 

प्रहरीले दुवै क्यासिनोमा जुवा खेल्ने १४ जनासँग जम्मा १ लाख ९० हजार बरामद गरेको विज्ञप्तिमा उल्लेख छ । जुवा खेल्नेलाई पक्राउ गरेको प्रहरीले क्यासिनोका संचालकलाई भने पक्राउ गरेको छैन । 

जबकी कानूनबिपरीत नेपालीलाई जुवा खेलाउनेलाई पनि पक्राउ गर्नुपर्ने क्यासिनो नियमावलीमा ब्यवस्था छ । तर, जुवा खेल्नेलाई पक्राउ गरी म्यादथप गर्दै आएको प्रहरीले क्यासिनो माजोङका अध्यक्ष विनोद श्रेष्ठ र गरूडका संचालक अनिश शर्मालाई भने पक्राउ नगरी उन्मुक्ति दिएको छ ।

मालिकलाई पक्राउ नगरी १४ जना पक्राउ परेको र उनीहरुबाट १ लाख ९० हजार नगद बरामद गरेको देखाएर काठमाडौं प्रहरीले नाटक प्रदर्शन गरेको छ। यसमा पनि परिसरका इन्स्पेक्टर वाङ्गेल लामालगायतले चलखेल गरेको आरोप छ। 

जेनजी आन्दोलनको भावनाअनुसार नेपाली नागरिकले भारी बहुमत दिएर सरकार बन्न लागेको पूर्वसन्ध्यामा काठमाडौं प्रहरीले क्यासिनोहरुमा छापा मार्दै तर्साएर दस्तुरी उठाउन सुरु गरेको आरोप छ । 

लेमन ट्रीको गरुड क्यासिनोका संचालक अनिश शर्माले नै नेपालीलाई कानूनबिपरीत जुवा खेलाएको भए पनि उनी पक्राउ परेका छैनन् । उनले केही जुवा अखडा चलाउने नाइकेहरूसँग मिलेमतो गरी नेपालीलाई क्यासिनोभित्र प्रवेश गराई जुवा खेलाउने व्यवस्था मिलाउँदै आएको आरोप छ ।

यता, प्राइड क्यासिनोको १४ करोड लुटपाट संलग्न व्यक्ति भने सेटिङमा अदालतमा पेश गरी छुटेका छन्। जेनजी आन्दोलनका क्रममा गएको भदौ २४ गते होटल ह्यातको प्राइड क्यासिनोबाट करिब १४ करोड रुपैयाँ लुट्ने मुख्य नाइके कुले भनिने कुलबहादुर लामा र कोरियन उपनाम भएका राकेश लामा प्रहरीले पक्राउ गरेको २ दिनमै छुटेका छन् ।

पक्राउ परेको भोलिपल्टै उनीहरु जनही ५ लाख धरौटी बुझाएर छुटेका छन् । क्यासिनो प्राइड लुटपाट गर्ने ४२ बर्षीय दावा सेट्टी, २९ बर्षीय रञ्जित खड्गी ‘रणे’ र दोर्जे शेर्पा पुर्पक्षमा थुनामा गएका छन् । 

क्यासिनो लुटपाट गर्ने कुलबहादुर र राकेशलाई अदालतले छाडे पनि प्रहरीले संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा समात्न सक्थ्यो, सार्वजनिक अपराधमा सम्म त सक्थ्यो । 

तर, सेटिङमा ल्याएकैले प्रहरीको अनुसन्धान अुनसार सो गिरोहले करिब १४ करोड रुपैयाँ लुटपाट गरेको थियो। त्यसमध्ये ५५–५५ लाख बाँडचुड गरेको समेत पुष्टि भइसकेको छ ।

कुलबहादुरका बिरुद्ध ५ र राकेशका बिरुद्ध यसअघि नै ७ वटा मुद्दा छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077