भक्तपुर । भक्तपुर प्रहरीले सोमबार राति २७ जना जुवाडे नगदसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भक्तपुर नगरपालिका-४ का ४७ वर्षीय दयाराम सायजुसहितका व्यक्तिहरू छन् ।
भक्तपुर नगरपालिका-४ स्थित बुलुचा टोलबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा सोमबार राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
विशेष सुराकीको आधारमा जुवाघरबाट ९ लाख २३ हजार रुपैयाँसहित उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।