Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डम्बरबहादुर बिकले रचे इतिहास, दलित समुदायबाट बने पहिलो एआईजी !

डम्बरबहादुर बिकले रचे इतिहास, दलित समुदायबाट बने पहिलो एआईजी !

शनिवार , आश्विन २५, २०८२

काठमाडौं । नेपाल प्रहरीमा पहिलोपटक दलित समुदायका व्यक्ति विशिष्ट श्रेणी (एआईजी) मा पुगेका छन् । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका डम्बरबहादुर विकले इतिहास रचेका हुन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विकसहित चार जनालाई एआईजीमा बढुवा गरेको थियो । शुक्रबार उनीहरूले दर्ज्यानी चिह्न ग्रहण गरी नयाँ जिम्मेवारी सम्हालेका छन् । बिकको प्रदेश समन्वय बिभागमा पदस्थापन भएको छ ।

विकले २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा सेवा यात्रा सुरु गरेका थिए । पाँच वर्षपछि, २०५८ सालमा उनी नेपाल प्रहरीमा स्थानान्तरण भए ।

लगनशीलता र इमानदार सेवामार्फत निरन्तर प्रगति गर्दै उनले प्रहरी नायब महानिरीक्षक (डीआईजी) हुँदै अहिले एआईजीसम्मको यात्रा पूरा गरेका हुन् ।

नेपाल प्रहरीको इतिहासमा डम्बरबहादुर विक दलित समुदायबाट डीआईजीमा दोस्रो र एआईजीमा पहिलो अधिकारी बनेका हुन् । यसअघि २०२२ सालमा प्रहरी इन्स्पेक्टरमा भर्ना भएका पदमकुमार नेपाली दलित समुदायबाट डीआईजीसम्म पुगेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077