Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वीर अस्पतालका लेखा अधिकृत दाहाल घुससहित पक्राउ

वीर अस्पतालका लेखा अधिकृत दाहाल घुससहित पक्राउ

आइतवार , आश्विन २६, २०८२

काठमाडौं । वीर अस्पतालका लेखा अधिकृत ढुण्डिराज दाहाल घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनलाई १ लाख २० हजार ८ सय ५० रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

भक्तपुरको मध्यपुरठिमी नगरपालिका–९, बोडे घर भएका दाहाल काठमाडौंस्थित चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) मा कार्यरत थिए । उनले विभिन्न सप्लायर्स कम्पनी र ठेकेदारहरूलाई भुक्तानी गर्दा घुस रकम लिएको उजुरीका आधारमा अख्तियारले निगरानी गरेको थियो।

आयोगका अनुसार दाहालले बिल भुक्तानीका क्रममा रिसवतका रूपमा रकम लिई कार्यकक्षमै लुकाइराखेको अवस्थामा पक्राउ गरिएको हो ।

उनको कार्यकक्षबाट एक लाख २० हजार ८५० नगद, मोबाइल फोन १ थान, र संबन्धित कागजातहरू बरामद गरेको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

उनका अनुसार दाहालविरुद्ध घुस/रिसवतसम्बन्धी मुद्धामा थप अनुसन्धान अघि बढाइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077