Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ट्रम्पको उपस्थितिमा गाजाबाट इजरायली बन्धक रिहा गरिँदै

ट्रम्पको उपस्थितिमा गाजाबाट इजरायली बन्धक रिहा गरिँदै

सोमवार , आश्विन २७, २०८२

एजेन्सी । गाजामा जीवित रहेका भनिएका २० इजरायली बन्धकहरू आज रिहा हुने अपेक्षा गरिएको छ । यो प्रक्रिया अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम सम्झौताको पहिलो चरणको रूपमा अघि बढ्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अमेरिकी सञ्‍चार माध्यम सीएनएनका अनुसार, बन्धक फिर्ता कार्यक्रमसँगै इजरायलमा रहेका करिब २ हजार प्यालेस्टिनी कैदी र बन्दीहरू पनि रिहा गरिने तयारी गरिएको छ।

रेडक्रसको अन्तर्राष्ट्रिय समितिले यस आदानप्रदान प्रक्रियाको प्रत्यक्ष निरीक्षण गर्नेछ। इजरायली सेनाले गत शुक्रबार दिउँसोसम्म गाजाबाट आफ्नो प्रारम्भिक फिर्ता प्रक्रिया पूरा गरेको थियो । त्यसपछि हमासलाई फिर्ता कार्य सम्पन्न गर्न ७२ घण्टाको समयसीमा दिइएको हो ।

यसबीच, युद्धविराम सम्झौताको आगामी चरण र दीर्घकालीन राजनीतिक समाधानबारे छलफल गर्न सोमबार इजिप्टको शर्म अल–शेखमा उच्चस्तरीय बैठक बस्दैछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित २० भन्दा बढी विश्व नेताहरूको सहभागिता रहने उक्त बैठकमा गाजा युद्ध अन्त्य, मानवीय सहयोग र क्षेत्रीय स्थायित्वका विषयमा केन्द्रित वार्ता हुने बताइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077