काठमाडौं । इजरायली सरकारले हमासको कब्जामा रहेका विपिन जोशी जीवित नभएको जानकारी दिएको छ।
इजरायली अधिकारीले परिवारजनलाई सम्पर्क गरेर दुई वर्षअघि हमासको कब्जामा रहेका बिविन जोशी जीवित नभएको जानकारी दिएका हुन ।
इजराइली डिफेन्स फोर्स (आइडिएफ)ले नेपालका जोशी जीवित नरहेको औपचारिक घोषणा गरेको हो।
केहीबेर अघि विपिनको परिवार तथा इजरायलस्थित नेपाली दूतावाससँग भिडियो क्न्फरेन्स गरेर इजरायली सरकारले यो जानकारी दिएको हो ।
इजराइलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले यसको पुष्टि गरेका हुन् । उनले ‘आइडिएफले दूतावास र विपिनको परिवारसँग भिडिओ कुराकानी गरेर ‘हि इज् नो मोर’ भन्ने जानकारी दिएको बताएका हुन् ।
राजदुत पण्डितका अनुसार इजरायली डिफेन्स फोर्सका अधिकारीहरुले हमासले जिवित बन्धकहरुलाई केहीबेरमा छोड्ने जानकारी दिएका छन्। हमासले आज रिहा गर्न लागेका २० जना बन्धकहरुको नाम सार्वजनिक गरेको छ । जहाँ जोशीको नाम उल्लेख छैन ।
भिडिओ कुराकानीमा विपिनकी आमा पद्मा र बहिनी पुश्पा अमेरिकाबाट जोडिएका थिए। परिवारका सदस्य किशोर जोशी, राजदुत पण्डितत र इजराइली डिफेन्स फोर्सका अधिकारी उक्त भिडिओ कुराकानीमा सहभागी भएको बताइएको छ ।