काठमाडौं । देशकै ठूला बिचौलिया भनेर चिनिएका दिपक भट्टको सम्पत्ति छानविन गर्न जेनजी अगुवाले माग गरेका छन्।
जेनजी अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि प्रधानमन्त्री कार्यालयसम्म भट्टको १० खर्ब भन्दा बढी अबैध सम्पत्ति जफत गर्न उजुरी दिएका हुन्।
दिपक भट्ट र उनको समूहले नीतिगत भ्रष्टाचारको लुट मच्चाउँदै आएकाले छानविनको माग गरिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्टको स्रोत नखुलेको सम्पत्तिमाथि छानविन पनि गरिरहेको बताइएको छ।
केपी ओलीको वेडसम्म पुग्ने बिचौलिया भनेर चिनिएका इन्फिनिटी होल्डिङसका दीपक भट्टको जेनजी आन्दोलनका हाइज्याकर तथा हामी नेपालका सुदन गुरुङसँग सम्बन्ध रहेको खुलिसकेको छ।
हामी नेपाललाई भट्टले नियमित सहयोगी गरेको उसकै वेबसाइटमा उल्लेख छ।
हामी नेपाल संस्थाले निरन्तर सहयोग गरेको भन्दै भट्टको इन्फिनिटी होल्डिङसलगायतलाई सम्मान समेत गरेको थियो।
दीपक भट्टले गुरुङको संस्थालाई हालसम्म १२ करोड भन्दा बढी आर्थिक सहयोग गरेको खुलेको छ ।
धितोपत्र बोर्ड लगायतका महत्त्वपूर्ण वित्तीय नियमन गर्ने निकायमा आफू निकटलाई नियुक्त गराएर आफू अनुकूल निर्णय गराउन सफल भट्टसहित अर्को बदनाम शङ्कर समूहका सुलभ अग्रवाल, साहिल अग्रवाल नियमित सहयोगी रहेको भन्दै उनीहरुलाई हामी नेपाल संस्थाले निरन्तर सहयोग गरेको भन्दै सम्मान समेत गरेको थियो।